आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘पशुपतिप्रसाद : २ भष्मे डन’ को ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २३, २०८०
  • 195
    SHARES

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद : २ भष्मे डन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए । उनले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताए ।

त्यस्तै, निर्देशक दिपन्द्र के. खनालले भष्मे डन पनि पशुपतिप्रसाद जस्तै मन पराउनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले भष्मे डन आफ्नो लागि पात्रको रुपमा मात्रै आफूले नहेरेको र आफ्नो पहिचान र परिचय रहेको बताए । त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको ट्रेलर नयाँ र राम्रो लागेको बताइन् । उनले काम गर्दा नयाँ अनुभव सिकेको पनि बताइन् ।

चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)