शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘डन ३’ मा प्रियंका चोपडाको इन्ट्री


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २१, २०८०
  • 177
    SHARES

एजेन्सी । डन फ्रेन्चाइजको तेस्रो चलचित्र ‘डन ३’ को तयारी सुरु भएको छ । यस फ्रेन्चाइजीमा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् ।

अब यो फिल्ममा प्रियंका चोपडाको पनि इन्ट्री भएको छ, जसले २००६ र २०११ को फिल्ममा जंगली बिल्ली (रोमा भगत)को भूमिका निर्वाह गरेकी थिइन् ।

प्रियंका भन्दा पहिले कियारा आडवाणी र कृति सेननलाई कास्ट गरेको खबरहरु आएका थिए, तर रिपोर्टलाई विश्वास गर्ने हो भने अब फरहान अख्तरले अस्सल जंगली बिल्ली प्रियंकालाई साइन गरेका छन् ।

केही समयअघि प्रियंकाले फरहानको फिल्म ‘जी ले जरा’लाई अस्वीकार गरेको खबर आएको थियो ।

स्पटबोयको हालैको रिपोर्ट अनुसार प्रियंका चोपडा डन ३ मा काम गर्न राजी भएकी छिन् । प्रियंका केही समयअघि भारत आएकी थिइन्, त्यसपछि मात्रै उनले फिल्मको बारेमा कुरा गरेकी थिइन् । अब उनी फेरि नयाँ डन रणवीर सिंहसँग जंगली बिल्लीको भूमिकामा देखिनेछिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }