सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २२, २०८०
  • 102
    SHARES

काठमाडौं। विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरुको अपरीहार्यतालाई मनन गर्दै, सुदूरपश्चिम प्रदेशमा आन्तरीक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ ।

२०८० साल कार्तीक २२ गते, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण र आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा संयुक्त रुपमा आयोजीत कार्यक्रममा, प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरीक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परीषदका सदस्य डा. गंगालाल तुलाधार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका निमीत्त प्रतिनिधी स्मीता पौडेल लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघ विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरी “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च नेपालको कार्यसञ्चालन मार्गदर्शन, २०७७ स्वीकृत गरी लागू गरीएको जानकारी गराइएको थियो ।

कार्यमञ्चको सचीवालय डीपीनेटको तर्फबाट डा. राजु थापाले उक्त मार्गदर्शन अनुसारको प्रादेशीक कार्यमञ्च गठन गर्न विगतमा ३ चोटी प्रदेश स्तरमा छलफल कार्यक्रम गरी आएको सुझाव कार्यक्रममा पस्तुत गर्नु भएको थियो भने नेपाल सरकारका पूर्व सचिव केदार न्यौपानेले कार्यमञ्चको प्रस्तावीत संरचनाको प्रस्ताव पेश गर्नु भएको थियो । जस अनुसार कार्यमञ्चको अध्यक्षता आन्तरीक मामिला तथा कानुन मन्त्रीले गर्ने र संघिय कार्यमञ्च जस्तै गरी क) सरकारी निकाय, ख) अर्ध सरकारी निकाय, ग) युएन तथा दातृ निकाय, घ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ङ) गैर सरकारी संस्था, च) प्राज्ञिक क्षेत्र, छ) निजी क्षेत्र, ज) सञ्चार जगत, झ) विपद् प्रभावीत समूहको प्रतिनिधी सदस्य हुने तथा डीपीनेट सुदूरपश्चिमले सदस्य सचीवको भूमिका निर्वाह गर्ने प्रस्ताव गरीएको थियो ।

प्रस्ताव अनुसार आन्तरीक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा कार्यमञ्च गठन गर्ने निर्णय गर्दै कार्यमञ्चका सदस्यहरुको सम्बन्धमा थप छलफल गरी कार्यमञ्चलाई पूर्णता दीने निर्णय गरीएको थियो ।

परीषद सदस्य माननीय डा. तुलाधारले, प्रदेशले आफ्नो वस्तुस्थिति तथा वास्तविकतामा, सबै क्षेत्रको प्रतिनिधित्व गराउने यस्ता कार्यमञ्च, विपद् ब्यवस्थापनको क्षेत्रमा कोषे ढुंगा साबीत हुने बिश्वास गर्नु भयो ।

यसै गरी कार्यक्रमका अध्यक्ष आन्तरीक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जोखिम न्यूनीकरण र ब्यवस्थापन तथा आपत्कालीन मानवीय सहयोगका सन्दर्भमा समन्वय, सहकार्य, साझेदारी, अध्ययन, अनुसन्धान र ज्ञान आदान प्रदानलाई जोड दीनु पर्ने बताउदै कार्यमञ्च मार्फत यस्ता कार्यहरु अगाडि बढाइने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा मुख्यमन्त्री कमल बहादुर शाहले, सुदूर पश्चिम प्रदेश, विपद्का दृष्टिकोणले अत्यन्त संवेदनशिल रहेको र प्रदेशले विपद् जोखिम न्यूनीकरण गर्न हरतरह प्रयास गरेको बताउदै संघले, प्रदेशको विपद् संवेदनशिलता मनन गर्नुपर्ने बिचार ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }