बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अबको समय जिविकोपार्जन शिक्षा :सांसद आचार्य


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ९, २०८०
  • 872
    SHARES

रसुवा । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं.-१ अन्तर्गत आरुखर्क आधारभूत बिधालयले आयोजना गरेको नमूना बिधालय प्रारम्भ कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य  ई.मोहन आचार्यले अबको समयमा शिक्षा सङ्गै नागरिकको जिविकोपार्जन उत्थानमा जोड दिनुपर्ने बताउनुभयो।

भौतिक सुबिधाले मात्र समाज परिवर्तन नहुने सांसद आचार्यले बताउनुभयो।

समृद्ध समाज र दिगो विकासको लागि जनताले आयआर्जनमा पनि ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो।विश्वविद्यालय उत्तीर्णहरुमा पनि सिर्जनात्मक क्षमता भेटिन्न भन्दै उहाँले  सिद्धान्तका कुरा जाने पनि व्यवहारिक ज्ञान नेपालको शिक्षा प्रणालीले दिएको छैन भन्नु भयो।

बदलिदो ज्ञानको स्रोतलाई विचारेर व्यक्तिलाई आत्म निर्भर हुने शिक्षा विद्यालय तहबाटै सुरु गर्नु पर्छ उहाँले भन्नु  भयो। त्यसमा राज्यले दायित्व लिनु पर्नेमा उहाँको जोड थियो ।

रसुवामा भौतिक सुबिधा सहितको नमूना बिधालयको प्रारम्भ भएको छ।

रसुवा-जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं.१ अन्तर्गत आरुखर्क आधारभूत बिधालयमा आधुनिक किसिमको शिक्षा पद्धतिलाई अवलम्बन गरि नमुना शिक्षाको प्रारम्भ गरेको छ।

बालबालिकाहरुलाई खेलको माध्यम बाट र ब्याबहारिक किसिमको अभ्यासहरुबाट शिक्षा दिँदा चाँडै सिक्न सक्ने बिधालयको प्रधानाध्यापक धिरज घलेले बताए। कक्षाकोठालाई ब्यबस्थित गरि विभिन्न खेल र अभ्यासको शैक्षिक सामाग्रीहरुको ब्यबस्थापन गरेको प्रधानाध्यापक घलेले बताए।

आज एक औपचारिक कार्यक्रम गरि संघीय सांसद मोहन आचार्यले कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)