शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत मनोहर माविमा अभिभावकको निःशुल्क स्वास्थ्यपरिक्षण


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १५, २०८०
  • 344
    SHARES

काठमाडौँ, १५ मङ्सिर । काठमाडौँको टोखामा एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत अभिभावकलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

टोखाको मनोहर माध्यामिक विद्यालयको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा मनोहर माविका १५० भन्दा बढी अभिभावकको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणअन्तर्गत ब्लड प्रेसर, सुगर, उचाई अनुसारको वजन, उचाई, तौललगायतको स्वास्थ्य जाँच गरिएको कार्यक्रमकी निर्देशक एवम् वरिष्ठ नर्स कबिसा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ्य राख्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममको शुभारम्भ कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नं १० का वडाअध्यक्ष मचाकाजी महर्जनले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ राख्न स्वास्थ्यपरिक्षण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ्य राख्नका लागि नगरपालिकाले एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । विस २०१९ सालमा स्थापना भएको मनोहर माविमा हाल ६५५ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }