आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालकी मेनुका पौडेलले भारतीय फिल्म ‘सालार’मा गीत गाउने


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २५, २०८०
  • 181
    SHARES

काठमाडौं । भारतको गायन रियालीटि शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले बहुप्रतीक्षित भारतीय फिल्म ‘सालार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यसबारे जानकारी दिएकी हुन् ।

सोनी टेलिभिजनबाट प्रशारित यस शोले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन् – मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी मेनुका जज र गेस्टको नजरमा पर्दै आएकी छन् । साथै उनिहरुले मेनुकाको खुलेर तारिफ गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)