आइतवार, बैशाख २३, २०८१

काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २७, २०८०
  • 82
    SHARES

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । १५ दिनअघि महानगरको स्वास्थ्य विभागले सूचना जारी गर्दै यो जानकारी दिएको थियो ।

निर्देशन पालना गराउन सार्वजनिक क्षेत्रमा व्यापक रुपमा महानगर प्रहरी परिचालन गर्दैछ ।

 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताए।

ती स्थलमा सेवन गरे सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।

यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपैयाँ जरिवाना गर्ने गरेको थियो ।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले लामो समयसम्म गरेको योजना र अनुसन्धानपछि सेवन र बिक्री वितरणमा कडाइ गर्न लागेको जानकारी दिए । कामपाले जारी गरेको सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौं, २९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पु¥याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौं’ –स्वास्थ्य विभाग प्रमुख पौडेलले भने ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }