शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार : मेयर शाह


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 105
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताएका छन् । बालेनले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरेका हुन् ।

भिडियो सन्देशमार्फत बालेनले  भनेका छन्, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।’

‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक हुन् । पारदर्शी प्रणालीबाट हामी यसको कार्यान्वयनमा छौँ ।’ बालेनले यसको गलत प्रयोग हुने अवस्थाप्रति संकेत गर्दै भने, ‘यदि कसैले झुटो विवरण पेश गरेर उपचार गरेको पाइए, उपचार गराउने (विरामी) र उपचार गरिदिने (अस्पताल) दुवैलाई कारवाही हुनेछ ।’

लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसको कार्यान्वयनका लागि कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।

लक्षित वर्गको निःशुल्क उपचार सम्बन्धी थप जानकारी लिनका लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।

http://freehealth.kathmandu.gov.np/

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }