आइतवार, बैशाख २३, २०८१

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २७, २०८०
  • 91
    SHARES

काठमाडौ । काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ ।

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताउनु भयो । उहाँले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताउनु भयो । उहाँले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताउनु भयो । उहाँले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताउनु उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताउनु भयो । उहाँले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो । उहाँले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्र्दयता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रवार महानगर दिवस बनाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }