शनिबार, बैशाख २२, २०८१

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौं महानगरपालिका


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ३, २०८०
  • 73
    SHARES

काठमाडौं । आउँदो चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने विषयमा काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले छलफल थालेको छ । प्रवक्ता एवं समितिका संयोजक नविन मानन्धरको संयोजकत्वमा बसेको बैठकले, महानगरबासीलाई सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नविनतम सोच र प्रविधिलाई सम्मेलनमा कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तरराष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ, भन्ने विषयमा छलफल गरेको छ ।

‘महानगरपालिकाले डिजिटल सिग्नेचरसहितको सेवा प्रयोगमा ल्याइसकेको छ । कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेका छन् । जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न महानगरले प्राप्त गरेका उपलब्धीलाई संस्थागत र सिकाइलाई प्रवर्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनु पर्नेछ ।’ बैठकमा बोल्दै प्रवक्ता मानन्धरले भने, ‘सम्मेलनले दिएको निचोड र शिफारिसहरु, काठमाडौँका जनता र नागरिकहरूलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ ।’

‘नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिवद्धता देखाउन सम्मेलनले भूमिका खेल्नेछ । प्रतिवद्धता पूरा गराउने प्रविधिको विषयमा सम्मेलन जानकारी दिनेछ ।’ बैठकमा सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले भने, ‘सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र होइन, समग्र सरकारी कार्य प्रणालीलाई रुपान्तरण गर्नेछ ।’

बैठकमा सहरी योजना आयोगका सहायक विज्ञ अग्मा मालाकारले सम्मेलनको सोच, यसमा हुने सम्भावित क्रियाकलाप, लक्षित बर्गलगायत प्रस्ताव प्रस्तुतिकरण गरेकी थिइन् ।  ‘बर्तमान सन्र्दभमा यसप्रकारको सम्मेलन फरक खालको हुन सक्छ । यसलाई व्यवहारमा ल्याउन थालेपछि यस्ता खालका सम्मेलनमा अभ्यस्त हुन थालिन्छ ।’ मालाकारले भनिन्, ‘सम्मेलनले नीति निर्माता, योजनाकार, कार्यक्रम कार्यान्वयन गर्ने (सेवाप्रदायक) अधिकारी, लाभग्राही सबैलाई एउटै मञ्चमा ल्याउँछ ।’

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवर्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा पुग्नेछ । साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारहरुले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबिचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतिकरण तथा छलफलका विषय हुनेछन् । प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावना जस्ता विषयमा विशेषज्ञ र साझेदारहरुका बिच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका क्रियाकलापमा समेटिनेछन् । प्रविधिहरूको व्यवहारिक प्रयोग, पेशाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रहरुका बिच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ) को अवसर सिर्जना गरिनेछ ।

ज्ञान स्थानान्तरण हुनेछ । सरकार र प्रविधि प्रदायकहरू बिचको साझेदारी नजिक हुनेछ । शासनका चुनौतीहरुलाई समाधान गर्न साझा प्रयासको थालनी हुनेछ । नीति शिफारिसबाट एकीकृत र कार्यान्वयन योग्य दस्तावेज प्राप्त हुनेछ ।

यी प्रस्तावहरुलाई छलफल गर्दै निचोडमा पुर्याउने विभागको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }