शुक्रबार, बैशाख २१, २०८१

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए


  • माउन्टेन खबर
  • आइतवार, पुस ८, २०८०
  • 80
    SHARES

दाङ-सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थप्नु भएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पुर्णता पाउन सकेको थिएन ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाउनु भएको हो। नवनियुक्त मन्त्रीहरुको सपथ आईतवार  बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयाे ।

कृष्णा केसीलाइ खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाउनु भयाे ।

दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पुर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन् । नेपाली काग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तीमा एकलौटी गरेको भन्दै काग्रेसमा बिवाद चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }