आइतवार, बैशाख २३, २०८१

३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै काठमाडौं महानगर


  • माउन्टेन खबर
  • सोमवार, पुस १६, २०८०
  • 76
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ ।

यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको काठमाडौं महानगरपालिकाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ ।

हाल काठमाडौं महानगरपालिकामा ८९ सामुदायिक ५ सय ४ निजी विद्यालय सञ्चालित छन् । श्रेष्ठले भने, “मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गरिने छ । यस कार्यक्रमका लागि कामपाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्न सहज गराउँदछ ।

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले कामपाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो । यसले बालिबालिकालाई सडक सुरक्षा प्रदान सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिने विश्वास कामपाले लिएको छ । पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ ।

पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ । विद्यालय क्षेत्रमा राखिसकेपछि आवश्यकताअनुसार पैदलयात्रीको ठूलो चाप रहेको अन्य स्थानमा पनि यस किसिमको प्रणाली जडान गर्ने तयारी काठमाडौं महानगरपालिकाको छ । यसकारण पटकपटक पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर हुने विश्वास काठमाडौं महानगरपालिकाको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }