आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

६६ वर्षको उमेरमा गायनमा सक्रिय शशी गुरुङको स्वर प्रशंशनीय


  • माउन्टेन खबर
  • सोमवार, पुस २३, २०८०
  • 224
    SHARES

काठमाडौं ।  ६६ वर्षको उमेरमा पनि नयाँ नयाँ गीत रेकर्डिङ गरेर गीत संगीत क्षेत्रमा सक्रिय रहनु भएका वरिष्ठ गायक शशी गुरुङको प्रयास प्रशंशनीय रहेको बताउनु भएको छ।

काठमाडां गायक गुरुङले गायकको गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा बिभिन्न श्रष्टाहरुले गायक गुरुङको प्रशंशा गर्नु भएको थियो।

वरिष्ठ गीतकार प्रकाश शायमीको रचना तथा प्रवीण बराईलीको संगीत रहेको सो गीतको भिडियो निर्देशन बिजयराज भुर्तेलले गर्नु भएको थियो। यसैगरी भुषण खरेलको रचना तथा शक्ति बल्लभको संगीत रहेको अर्को गीतमा पनि गायक गुरुङले स्वर दिनु भएको छ। २०३४ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तिर्ण गरि गायन यात्रा सुरु गरी प्रहरीमा २२ वर्ष सेवा गरेपछि पुन गाउने कार्यलाई निरन्तरता दिन थाल्नु भएको हो।

समारोहका प्रमुदख अतिथी बरिष्ठ गीतकार नगेन्द्र थापामा गायक गुरुङको स्वरमा राम्रो गीत रेकर्डिङ भएकोमा प्रशंशा गर्नु भयो। समारोहका सभापति अर्का बरिष्ठ गितकार बिश्व बल्लभले गायक गुरुङलाई श्रृजनालाई निरन्तरता दिन शुभकामना दिनु भयो।

कार्यक्रममा बरिष्ठ गीतकार श्री पुरुष ढकाल, रमेशानन्द बैध्य लगायतका बक्ताले गायक गुरुङलाई शुभकामना दिनु भएको थियो। त्यसबखत बरिष्ठ गायक ओमबिक्रम बिष्टले अमेरिका तथा बरिष्ठ गीतकार प्रकाश सायमीले थाईल्याण्डबाट भिडियो सन्देश मार्फत गायक गुरुङको गायन शैलीको प्रशंशा गर्नु भएको थियो।

समारोहमा बरिष्ठ गायक शशी गुरुङले आफ्नो बालकदेखिको साथि ओमबिक्रम बिष्टको संगीतमा गीत रेकर्डिङ गरि सकेको तथा उनि नेपाल आएपछि सो गीत सार्वजनिक गर्ने जानकारी दिनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)