सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि क – कसको उम्मेदवारी


  • माउन्टेन खबर
  • सोमवार, पुस २३, २०८०
  • 97
    SHARES

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी सुदूरपश्चिमबाट उम्मेदवार बनेकाहरूले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता गरिएको हो । निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टकाअनुसार सत्तारुढ गठबन्धनबाट कांग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसक्नुभएको छ । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर शारीरिक अशक्त हुनुभएको थियो । सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । चन्द २०६४ सालको संविधान सभा सदस्य हुनुहुन्छ ।

एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गराउनु भयो । खरेल केन्द्रिय लेखा आयोग सदस्य हुनुहुन्छ भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष हुनुहुन्छ । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रिय सदस्य हुनुहुन्छ ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरू नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का इन्दु कडरियाको पदावधि सकिन लागेको हो । माघ ११ गते बिहीबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }