बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 34
    SHARES

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

समाजवादीका सोडारीले सत्ता गठन्धनबाट एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुईजना सांसद र स्वतन्त्र एकसहित प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गरेका थिए ।

सोही दाबीअनुसार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

५३ सदस्यीय प्रदेशमा सरकार निर्माणका लागि २७ जना सांसदको समर्थन आवश्यक थियो । सोडारीको पक्षमा माओवादीका १० जना, एमालेका १०, समाजवादीका चार, नागरिक उन्मुक्ति (नाउपा)का दुई र एक स्वतन्त्र सांसदले समर्थन जनाएका छन् ।

नाउपाका रेशम चौधरी पक्षका पाँच जनाले भने सोडारीलाई समर्थन दिएका छैनन् । १८ सिटसहित सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस विपक्षीमा बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }