बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद एकनाथ ढकालद्वारा गोरखाको मनकामनामा “हेल्थ पोस्ट“ संचालन गर्न माग


  • माउन्टेन खबर
  • सोमवार, पुस २३, २०८०
  • 251
    SHARES

काठमाडौ ।  गोरखा जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका संघीय सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त “हेल्थ पोस्ट“ सेवा संचालन गर्न माग गरेका छन्।

मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई उहाँकै कार्यकक्षमा भेटि ढकालले लिखित रुपमा उक्त माग पेश गरेका हुन् ।

मन्त्रि बस्नेतलाई पेश गरिएको पत्रमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा न २ को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थीहरु र स्थानीय बासिन्दाको सुबिधाको लागि स्वास्थ्यकर्मि र स्वास्थ्य उपकरणहरु सहितको हेल्थ पोस्ट तुरुन्त संचालनको लागि आबस्यक दरबन्दी उपलब्ध गरिदिन माग गरिएको छ ।

सांसद ढकाल केहि समय अघि मनकामनाको दर्शन गर्न जाँदा मूल पुजारी इन्सानबहादुर थापामगर तथा स्थानीयले हेल्थ पोस्ट नहुदाको दुख बारे उहाँलाई जानकारी गराएका थिए ।

मन्त्रि बस्नेतले हेल्थ पोस्ट संचालनको लागि जिल्ला अस्पताल संग समन्वयन गरि आबस्यक पहल गर्ने बताउनु भएको सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)