सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने काम प्रदेश सरकारले गर्दैन : मुख्यमन्त्री पाण्डे


  • माउन्टेन खबर
  • शनिबार, पुस २८, २०८०
  • 203
    SHARES
लेखनाथ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश नलगाउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गर्नुभयो ।
“सञ्चारकर्मीलाई कहीँ कतैबाट अंकुश लगाउने काम विधेयकले गर्दैन, यो सञ्चारमैत्री हुनेछ । यसलाई सञ्चारकर्मी र सम्वद्ध संस्थाको सल्लाह र सुझावमा संशोधन पनि गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने काम प्रदेश सरकारले गर्दैन ।”
मुख्यमन्त्री पाण्डेले सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण भइरहेको हुँदा यसलाई जोगाउने दायित्व सञ्चारकर्मीको पनि भएको उहाँका भनाइ थियो । प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाई गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उहाँको  बुझाइ थियो ।
सङ्घ सरकारले सङ्घीय ऐन नबनाएकै कारण प्रदेश सरकार र सिङ्गो सङ्घीय व्यवस्थामाथि गुनासा मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले सङ्घीय कानुन बन्न नसक्दा राजावादीलाई राष्ट्रिय राजनीतिमा चलखेल गर्न बाटो पाएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीलाई स्वतन्त्र र निर्वाद रुपमा सूचना प्रवाह गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेषण गरेकै भरमा सञ्चारकर्मीमाथि आक्रमण हुन नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)