आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैनः भुवन केसी


  • माउन्टेन खबर
  • सोमवार, माघ १५, २०८०
  • 240
    SHARES

 

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताउनु भयो । उहाँले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताउनु भयो । उहाँले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताउनु भयो । उहाँले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने बताउनु भयो । विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन । समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’

अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)