आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरस्वती पुजाका अवसरमा महर्षि स्कुलमा पञ्चेवाजासहित दोहोरी गीत (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २, २०८०
  • 594
    SHARES

काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुल तथा कलेजमा सरस्वती पुजाका अवसरमा पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगरमा रहेको महर्षि स्कुलले गतवर्ष ईन्द्रेणीको टिम ल्याएर आम मानिसलाई मनोरञ्जन प्रदान गरेकोमा यसवर्ष पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरेको हो ।

लोकदोहोरी तथा वृहद सांस्कृतिक कार्यक्रमको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा चर्चित लोकगायक दिनेश क्षेत्री, राजु केसी, लोकगायिका रेजिना परियार, चर्चित वालगायक सुप्रिम मल्ल ठकुरी र बालगायिका रविना बसेलले दोहोरी प्रस्तुत गर्नुभएको थियो ।

महर्षीले यस बर्षको सरस्वती पुजा विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थीतीमा हर्सोउल्लाहासका साथ विद्या कि देवि सरस्वतीको पुजा गरेर सम्पन्न गरेको थियो ।

महर्षि स्कुलले सरस्वती पुजाको अवसरमा अक्षरारम्भ गर्ने विद्यार्थीहरूलाई बिशेष छुटका साथ भर्ना गराएको विद्यालयका प्रिन्सिपल निर्मल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)