आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘डन ३’मा कियारा आडवाणीको इन्ट्री, रणवीर सिंह ‘डन’ बन्ने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ८, २०८०
  • 368
    SHARES

एजेन्सी । आज मंगलबार ‘डन ३’का निर्माताले फिल्मको मुख्य अभिनेत्रीको घोषणा गरेका छन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो शेयर गरेका छन् । कियारा आडवाणीलाई ट्याग गर्दै क्याप्शनमा लेखिएको छ – ‘डन युनिभर्समा स्वागत छ कियारा’

‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् । अब निर्माताले फिल्ममा प्रियंका चोपडाको सट्टा रणवीरको अपोजिट कियारा आडवाणीलाई कास्ट गर्ने निर्णय गरेको छ । यस फिल्मको निर्देशक फरहान अख्तर हुनेछन् ।

भेराइटीसँगको एक अन्तर्वार्तामा फरहानले ‘डन–३’ को कथालाई एक दिशा दिन चाहन्थे । तर, उनी र यस सिरिजको अन्तिम दुई भागमा मुख्य कलाकार रहेका शाहरुख खान यसको कथामा सहमत भएनन् । यही कारणले गर्दा फरहानले शाहरुखलाई फिल्मबाट हटाएर रणवीरसँग काम गर्ने निर्णय गरेका थिए ।

फरहानले भने– म कसैलाई रिप्लेस गर्ने अवस्थामा छैन । हामीले वर्षौंदेखि यी कुराहरू छलफल गर्दै आएका थियौं । म कथालाई कुन दिशामा लैजान चाहन्छु भन्ने कुरामा शाहरुख र म सहमत थिएनौं । त्यसपछि हामीले आपसमा कुरा गर्‍यौं र छुट्टिने निर्णय गर्‍यौं । यो शृङ्खलाको लागि यो राम्रो हुनेछ भन्ने हामीलाई लागेको थियो ।’

फिल्म आगामी वर्ष रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)