आइतवार, बैशाख २३, २०८१

बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषदको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ९, २०८०
  • 66
    SHARES

मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागि आह्वान गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले जानकारी दिनुभयो । फागुन १३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बोलाइएको उहाँले बताउनुभयो ।

मन्त्री लामाका अनुसार बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको बजेट कार्यान्वयनमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गरेको छ ।

यस्तै, बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्ति बापत ४ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले आपतकालिन उद्दारका लागि प्रदेश स्वयंसेवक ब्यूरो गठन गर्ने कार्यविधि पास गरेको मन्त्री लामाले जानकारी दिनुभयो ।

विपद्जन्य घटना हुँदा परिचालन गर्ने गरी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रीपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी गठन भएको बोर्डलाई १६ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकालाई जोड्ने झोलुंगे पुल निर्माणको अख्तियारी नमोबुद्ध नगरपालिकालाई प्रदान गर्ने निर्णय गरेको छ । सो झोलुंगे पुल निर्माणका विषयमा दुई स्थानीय तहबीच विवाद रहेको थियो ।

बैठकले विपन्न दलित सशक्तीकरण कार्यविधि स्वीकृत गरेको छ । यस्तै, सामाजिक विकास मन्त्रालयबाट प्रस्ताव पेस भएको शिक्षा नीति २०८० लाई स्वीकृत गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयका सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }