आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको कालिका गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १०, २०८०
  • 119
    SHARES

रसुवा ।  रसुवाको कालिका गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो ।

कार्यसम्पादन मूल्याङ्कन नतिजामा २६.९६ अङ्क प्राप्त गर्दै कालिका  गाउँपालिका प्रथम भएको छ । यस्तै, २१.५२ ७ अङ्कका साथ उत्तरगया गाउँपालिका द्वितीय र २१.२३ अङ्क प्राप्त गर्दै गोसाईकुण्ड  गाउँपालिका  तृतीय भएको छ । आयोगले प्रकाशित गरेको नतिजाअनुसार जिल्लाका पाच  स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर नौकुण्ड  गाउँपालिका भएको छ । नौकुण्ड ले १३ अङ्क मात्र प्राप्त गरेको छ ।

यसैगरी, आमाछोदिङगो गाउँपालिका ले २० .२३ अंक ल्याई चौथो  भएको छ । कार्यसम्पादन मूल्याङकनमा बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन गर्ने गरिन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०र८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचाङ्कका आधारमा सबै तहको सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । नगर तथा गाउँ कार्यपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर तथा गाउँसभामा पेश गरेरनगरेको आदि विषयमा मूल्याङ्कन गरेको जनाएको छ ।

त्यस्तै, राजस्व र व्ययको अनुमान असार मासन्तसम्ममा सम्बन्धित नगर तथा गाउँसभाबाट पारित गरेरगरेको, स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने रकम प्रदेश सञ्चित कोषमा जम्मा गरेरनगरेको जस्ता सूचक बनाएर मूल्याङ्कन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }