सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जापान नेपालको दिगो र भरपर्दो विकासको सहयात्रीः राष्ट्रपति पौडेल


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 75
    SHARES

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनु भएको छ ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५०औं वार्षिक समारोहको उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो- ‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्त्वपूर्ण रहने छन्’ ।

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्यालले एसियामा जापान विज्ञान प्रविधि मात्र नभई आर्थिक, सामाजिक क्षेत्रको विकासमा पनि ठूलो फड्को मारेको मुलुक भएको बताउनुभयो । साथै नेपालका महत्वपूर्ण आयोजनामा जापान सरकारको सहयोग रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले विगत पाँच दशकदेखि जानले नेपाल जापान बीचको सम्बन्ध मजबुत बनाउन योगदान पुर्‍याएको बताउनुभयो ।

विश्वभर रहेका एक सयभन्दा बढी आल्मुनाई मध्ये जान सबैभन्दा सक्रिय र उत्कृष्ट संस्था रहेको पनि त्यस बखत बताइयो । नेपालबाट जाइकामार्फत् जापान गई अध्ययन तथा तालिममा सहभागी भएकाहरु आल्मुनाईमा आवद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }