बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: मन्त्री शर्मा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १, २०८०
  • 63
    SHARES

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ ।

बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएको बताउनु भयो । उहाँले सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो भएको बताउनु भयो ।

उहाँले नेपालका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै नभइ कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताउनु भयो । उहाँले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताउनु भयो । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल हो । त्यसैले हामीले भन्ने गर्दछौँ, सिंगो नेपाल फिल्म मेकरहरुका लागि स्टुडियो हो । यसलाई त्यही ढंगबाट विकास गर्न आवश्यक छ । यहाँका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै होइन कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु पनि हुन् ।’

उहाँले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }