शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ९, २०८०
  • 47
    SHARES

काठमाडौं । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । कथित मदिरा घोटाला प्रकरणमा मुख्यमन्त्रीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ परेको हो । उनलाई आज दुई घण्टाको सोधपछि नियन्त्रणमा लिइएको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले पक्राउविरुद्ध सर्वोच्च अदालतमा पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

भारतमा यो वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो घटना हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो । यसअघि दिल्लीका शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा  मदिरा घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }