शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १०, २०८०
  • 52
    SHARES

एजेन्सी –  रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ ।

क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय जनाभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकाय एफ.एस.बि संघीय सुरक्षा सेवाले जनाएको छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ । यस विषयमा रुसले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

नाटकीय रुपमा कन्सर्ट भइरहेका बेला एकाएक विष्फोट गराइएको थियो । घटनापछि सार्वजनिक भएको भिडियोमा कन्सर्टमा सहभागीहरु डराएको र लुकिरहेको दृश्य देखिन्छ ।

आक्रमणपछि कम्प्लेक्सको छतमा ठूलो आगलागी भएको छ । अझै पनि बन्दुकधारीको पहिचान हुन नसकेको र खोजी जारी रहेको रुसको राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }