शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुप्रिम कलेजको स्वागत तथा विदाई कार्यक्रम


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ११, २०८०
  • 382
    SHARES

काठमाडौँ । सुप्रिम कलेज सामाखुसीले आज यहाँ स्नातक तह प्रथम वर्ष र कक्षा ११ नव आगन्तुक तथा कक्षा १२ र स्नातक तह चौथो वर्षका विध्यार्थीका बिदाई कार्यक्रमको आयोजना गरियो । सो अवसरमा टोखा नगरपालिका वडा नं १० का वडाध्यक्ष मचाकाजी महर्जन सुप्रिम कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र थप शैक्षिक कार्यक्रमहरु विस्तार गर्न आग्रह गर्नुभयो ।

कलेज सञ्चालक समितिका अध्यक्ष हरि कर्माचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा प्रिन्सिपल रमेशचन्द अधिकारीले औपचारिक शिक्षाको साथै व्यावहारिक ज्ञानलाई उच्च महत्व दिएको बताउँदै छिटै स्नातोत्तर तहको अध्यापन पनि शुरु गरिने जानकारी दिनुभयो । कलेजका संस्थापक ओमबहादुर अधिकारीलगायतले कलेजको गतिविधि र भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा लोक गायक अमर गुरुङले विभिन्न लोक गीत प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा कलेजले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त क्रियाकलापहरु, फूटबल, टेबुलटेनिस, हाजिरीजवाफ प्रतियोगिता, निवन्धलगायत विभिन्न प्रतियोगितामा विजयी एवं सर्वोत्कृष्ठ स्थान ल्याउन सफल छात्रछात्राहरुलाई पटक तथा पुरस्कार प्रदान गरिएको थियो । विसं २०७० मा बिबिएस, बिए र बिएसडब्लुको पाठ्क्रममा कक्षा सञ्चालन गर्दै आएकामा पछि दश जोड दुई र नर्सरीदेखि कक्षा १० सम्मको अलग्गै विद्यालय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }