शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको प्रतिनिधित्वगर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 212
    SHARES

 

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिताहो जसले विविधता र सशक्तिकरणका साथविश्व भरकामहिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

कम्बोडियाको नोम पेनमा २ दिन सम्म सन्चालनभएको युनिभर्सल वुमन२०२४मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागिप्रतिस्पर्धा गरेकाथिए ।निर्णायकको लागिभएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भागलिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा, उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरू बीचएकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेकी छिन्।

युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रा.लि.की डिरेक्टर, संगीता पुरीलेभन्नुभयो, “युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवानवित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदानगर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षीबन्न पाउनु एउटा सौभाग्यको कुरा हो। मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु ।”

उनीयुनिभर्सल वुमनका जजहरु मध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् ।

ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)