शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले आयरल्याण्ड वल्भ्सलाई दियो १९९ रनको विशाल लक्ष्य


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 41
    SHARES

काठमाडौँ । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड वल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि गुलशन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल शाहले १२ र आसिफ शेखले ११ रन जोडे ।

बलिङतर्फ आयरल्याण्ड वल्भ्सका म्याथ्यु फोस्टरले ३ बेन ह्वाइटले २ विकेट लिए भने गाभिन होए र फिओन हाण्डले १–१ विकेट लिए ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }