शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले एसीसी महिला एसिया कप खेल्ने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 34
    SHARES

काठमाडौँ । नेपालले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपमा सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले एसिया कप खेल्ने पक्का भएको हो ।

गत फागुनमा मलेसियामा भएको छनोटमा सेमिफाइलनमा मलेसियासँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको थियो । तर, मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया कप खेल्ने निश्चित भएको छ ।

छनोट हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाललाई पनि सहभागी बनाउनुपर्छ भन्नेबारे कुरा राखेको थियो । यसप्रकारको लविङले नै यो सम्भव भएको हो ।

एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीले मात्रै एसिया कप खेल्न पाउँथे । सोहीअनुसार मलेसिया र यूएईले एसिया कपमा स्थान बनाएका थिए । तर, अहिले भने सेमिफाइनल पुग्ने टोलीलाई पनि एसिया कप खेल्ने अवसर दिँदा नेपालले अवसर पाएको हो ।

यस्तै, थाइल्यान्डले पनि एसिया कप खेल्ने भएको छ । थाइल्यान्ड पनि सेमिफाइनल पुगेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }