शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 29
    SHARES

काठमाडौँ । पाँच पटकको विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग–२०२४ मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

टोलीले मंगलबार जारी सिजनको सातौं खेलमा घरेलु मैदान चेपौकमा गत वर्षको फाइनल खेलेको गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले ४ अंक जाडेको छ । सोही मैदानमा चेन्नईले आरसीबीलाई सिजनको उद्घाटन खेलमा ६ विकेटले पराजित गरेको थियो ।

गुजरातले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सकेको थियो ।

चेन्नईका लागि रचिन रविन्द्र (२० बलमा ४६ रन) र शिवम दुबे (२३ बलमा ५१ रन)ले विस्फोटक पारी खेले भने कप्तान रुतुराज गावकवाडले ३६ बलमा ४६ रनको योगदान दिए । अर्धशतकीय पारी खेलेका शिवम दुबे प्लेयर अफ द म्याच घोषित भए ।

टस हारेर ब्याटिङमा आएको चेन्नईलाई ओपनर रचिन रविन्द्र र कप्तान रुतुराज गायकवाडले बलियो सुरुवात गराए । दुवैले ३२ बलमा ६२ रनको ओपनिङ पार्टनरसिप गरे । रचिन आउट भएपछि कप्तानले अजिंक्य रहाणेलाई साथमा लिएर स्कोरलाई अगाडि बढाए तर रहाणे १२ बलमा १२ रन बनाएर आउट भए ।

रहाणे आउट भएपछि मैदानमा आएका शिवम दुबेले ठूलो प्रहार गर्दै इनिङ्सको सुरुवात गरेका थिए । तर कप्तान प्याभिलियन फर्किए । यस्तो अवस्थामा दुबेले डेरिल मिचेलसँग अर्धशतकीय साझेदारी गर्दै स्कोरलाई १८० भन्दा माथि पुर्याए ।

त्यसपछि डेब्यु खेल खेल्न आएका समीर रिजभीले ६ बलमा १४ रन बनाएर टोलीको स्कोर २०६ रनमा पुर्याएका थिए । गुजातका राशिद खानले दुई विकेट लिए । साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले एक–एक विकेट लिए ।

२०७ रनको ठूलो लक्ष्य पछ्याउन उत्रिएको गुजरात टाइटन्सको सुरुवात खराब रह्यो । टोलीले २८ रनमा कप्तान शुभमन गिल (८ रन)को विकेट गुमाएको थियो । गिल आउट भएपछि शीर्ष मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हाल्न सकेनन् र टोलीले नियमित अन्तरालमा विकेट गुमाइरहेको थियो ।

ओपनर ऋद्धिमान साहाले २१ रन, विजय शंकर १२, डेभिड मिलरले २१, अजमातुल्लाह ओमरजाईले ११ र उमेश यादवले १० रन बनाए । चेन्नईका लागि दीपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले २–२ विकेट लिए । त्यस्तै डेरिल मिचेल र मथिश पाथिरानले एक–एक विकेट लिए ।

आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस मुम्बई इन्डियन्स –७ः४५ बजे

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }