शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि एनआरएनएले सधाउने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 33
    SHARES

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी  र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट  कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यमा नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । सो अवसरमा संघकी सचिव टीका गुरुङ, अधिकृत कुनाल मिश्र लगायत पनि उपस्थित थिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }