शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १५, २०८०
  • 32
    SHARES

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० खेल रद्द भएको छ । काठमाडौँमा बुधबार रातिदेखि लगातार पानी परेपछि खेल रद्द भएको हो ।

आयरल्यान्ड टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । खेलमा वर्षा बाधक बनेपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्वजनिक गर्ने जनाएको छ ।

आयरल्यान्ड ‘ए’ले नेपाली सिनियर टोली विरुद्ध २ टि-२० को शृंखला २-० ले नै गुमाएको थियो । नेपालले आयरल्यान्डलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७१ रनले हराएको थियो ।

यस्तै, नेपाली सिनियर टोलीले अब भारतको गुजरातमा हुने फ्रेन्डशिप कप खेल्नेछ। टोलीले भारतमा गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टि-२० शृंखला खेल्ने छ । नेपालको पहिलो खेल ३१ मार्चमा गुजरात विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }