शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैनः प्रधानन्यायाधीश श्रेष्ठ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 39
    SHARES

 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताउनुभएको छ ।

 

शुक्रवार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताउनु भयो । उहाँले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व भएको पनि बताउनु भयो । उहाँले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताउनु भयो । उहाँले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताउनु भयो । उहाँले फौजदारी न्याय प्रणाली विभिन्न निकायहरुको विनियोजन मात्रै नभइ सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि भएको दाबी गर्नुभयो । उहाँले फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानून कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहने र ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयामहरु अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ हो । फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन । समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व हो । यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहन्छ । फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्दछ । त्यसैले फौजदारी न्यायको स्तरोन्नतिका लागि यस किसिमका छलफल वा परामर्श हुनु उपयुक्त र सान्दर्भिक हुन्छ । फौजदारी न्याय प्रणालीका विभिन्न पक्ष वा अवयवहरु हुन्छन् । ति पक्षहरुको समग्र र तिनीहरु बीचको अन्तरसम्बन्धबाट नै फौजदारी न्याय प्रणालीले स्वरुप प्राप्त गर्ने हो । तथापि फौजदारी न्याय प्रणाली विभिन्न निकायहरुको विनियोजन मात्रै होइन । यो सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि हो । फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानून कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहन्छन् । ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्दछ । फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयामहरु अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिँदैन ।’

 

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशिला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताउनु भयो । सर्वोच्च अदालतले फौजदारी न्याय प्रणालीको सुदृढिकरणको लागि महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }