सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 27
    SHARES

 

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

 

शुक्रवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सो प्रतिवेदनउपर सांसदहरुले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफ समेत दिनुभएको थियो ।

निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो – ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }