शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 39
    SHARES

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमात्रै बनायो । एकसमयमा नेपाल खेलमा फर्किसकेको थियो । तर, लोकेश र आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालका लागि लोकेश बमले शतक बनाए । ५६ बल खेलेका बमले ८–८ चौका र छक्काको मद्दतमा १०६ रन जोडे ।

आरिफ शेखले ४९ र विनोद भण्डारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल, कमल ऐरी, राशिद खान, हेमन्त धामी खाता समेत नखोली पेभिलियन फर्किए ।

बलिङतर्फ आयरल्यान्डका लागि फिओन हाण्ड र म्याथ्यु हुम्फेरेसले ३–३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा थोमस मेइस र गाभिन होइले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।

उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।

बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }