सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिरियाको अलेप्पोमा इजरायली हवाई आक्रमणः ३६ सैनिक मारिए


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १७, २०८०
  • 42
    SHARES

 

एजेन्सी ।  सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिव तीन घण्टासम्म चलेको आक्रमणमा इजरायली हवाई आक्रमणका कारण सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ । सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो ।

सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमास्थानीय समय अनुसार शुक्रवार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण शुरु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }