शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१३ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १७, २०८०
  • 334
    SHARES

 

काठमाडौं । जोय कस्मेटिक नेपालको प्रश्तुतिमा शुक्रवार काठमाडौंमा १३ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो भएको छ ।

 

फेसन शोमा झन्डै आधा दर्जन सेलिब्रिटीले ¥याम्प नापेका छन् । शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशी, आँचल शर्मा, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतले ¥याम्प नापेका हुन् । शोमा उनीहरु ‘शो टपरका रुप’मा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रश्तुत भएका थिए । शोमा भारत, रुस, सर्भियालगायत विभिन्न मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको छ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रश्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको पनि सहभागिता रहेको थियो । शोमा आइइसी कलेजका २०२१ ब्याचका ७३ विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेन्समा प्रश्तुत गरेका थिए । नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै डिजाइनहरुका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु शोको उद्देश्य रहेको आयोजकले बताएको छ । —न्युज एजेन्शी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)