बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी–२० सिरिजः नेपालको विजयी सुरुवात


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १८, २०८०
  • 45
    SHARES

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।

गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए ।

बलिङतर्फ नेपालका गुलशन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।

बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }