शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वरुप र अञ्जुको दिल रोएको वेला सार्वजनिक( भिडियो )


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १९, २०८०
  • 182
    SHARES

काठमाडौं । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा र अनुपकाे अभिनय रहेको भिडियो सार्वजनिक भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीतमा निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत प्रसिद्ध गायक गायिका स्वरुपराज आचार्य र अन्जु पन्तको स्वरमा नारायण रेग्मीको शव्द रहेको उक्त गीतमा शिल्पा पोखरेल र अनुपजंग थापा ‘विचित्र’को अभिनय रहेको छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोलाई अविदित फाउन्डेशनले प्रस्तुत गरेका छ। ओएसआर डिजिटल वाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वम को सम्पादन र कलर ,सरगम गाहाको मेकअप रहेको छ ।

लामो समयदेखि जर्मनी वसेर नेपाली गीत संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत संगीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशा लाग्दो अनुहार हो ।मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशन मार्फत उनले नेपाली गीत संगीतको साथ साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरु गरिएका छन् ।गीत संगीत वाट आएको आम्दानी लाई उनले उक्त फाउन्डेशन मार्फत सामाजिक कार्यमा काम गर्दै आएका छन् ।दिल रोएको वेला गीत वाट आएको आम्दानी लाई पनि अनुपजंग ले सामाजिक कार्यमा काम गर्ने वताएका छन् ।

लामो समय पछी एउटा मिठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमा गायक स्वरुपराज आचार्य , गायिका अन्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल गीतकार नारायण रेग्मी खुशी देखिएका छन् ।साउथ ईन्डियन लुक्स भएका अनुपसंग काम गर्ने पाउदा खुशी लागेको निर्देशक कृष्णदेव रुपाखेती ले वताए ।नायिका शिल्पा पोखरेल पनि निकै मिठो गीतमा काम गर्न पाउदा खुशी छिन ।लामो समयको अन्तराल पछि नेपाली गीत संगीतले एउटा निकैनै मिठो गीत पाएको मा गायक स्वरुपराज र गायिका अन्जु पन्त पनि दंग छन।गीत लाई दर्शक श्रोताहरु ले मन पराउनेमा संगीतकार पोखरेल गीतकार रेग्मी विश्वस्त छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)