आइतवार, बैशाख २३, २०८१

लुम्बिनी प्रदेश : मुख्यमन्त्री चौधरीले पर्सी विश्वासको मत लिने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २०, २०८०
  • 38
    SHARES

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने हुनुभएको छ ।

आज विहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बिशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

गत बैशाख १४ मा प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको थियो । त्यस अघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । तर, उहाँको कार्यकालले एक सय दिन पनि पुरा गर्न पाएन् । राजनीतिक समिकरण फेरिएपछी कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । पुनः केन्द्रिय राजनीतिमा आएको बदलावका कारण फेरी एमाले–माओवादी सहितको सरकार बन्ने अवस्था देखिएको छ ।

गत बैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नु भएको थियो । चौधरीलाई ८७ जना प्रदेश सभा सदस्य मध्य ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो । वैशाख १४ गते कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यता एमाले–माओवादी दलका नेताहरुले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने र आफुहरु सहभागी सरकार बनाउने तयारी थालेका छन् ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, राप्रपा संग ४, लोसपा संग ३, जनमत संग ३, जनमोर्चा संग १ जना प्रदेश सभा सदस्य छन् । एमाले संग २९ माओवादी संग सभामुख बाहेक १०, जसपा संग ३ र एकीकृत समाजवादी संग एक जना प्रदेश सभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेश सभा सदस्य संख्या कमि हुने देखिन्छ । जसका लागी नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी र राप्रपा मध्य कुनै एक राजनीतिक दल संग सहकार्य बढाउनुपर्ने देखिएको हो । नयाँ सरकार गठनका लागी साना दल निर्णायक देखिएका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }