शुक्रबार, बैशाख २१, २०८१

रामहरि श्रेष्ठको हत्यारा माओवादी नेता खाम पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २०, २०८०
  • 33
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उहाँलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको उहाँले बताउनुुभयो ।

तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }