शुक्रबार, बैशाख २१, २०८१

कांग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सकेन


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २०, २०८०
  • 44
    SHARES

काठमाडौं, । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । आगामी बैशाख १५ गते ईलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारको बारेमा छलफल गर्न आज बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय वोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेपनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिनुभयो ।

“आज उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएका केन्द्रमा आएका आकांक्षीबीच भोलि छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ,”– विश्वकर्माले भन्नुभयो ।

उम्मेदवार टुङ्गो लगाउन भोलि दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले बताउनुभयो । उपनिर्वाचनमा पार्टीको तर्फबाट उठाउने उम्मेद्वारको बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी एवम् शीर्ष नेताहरुको छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेद्वारको मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले पार्टीको उम्मेदवार तोकिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }