मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 169
    SHARES

 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताउनु भयो । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताउनु भयो । उहाँले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति दिलाउने गरी काम गरेको जिकिर गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब आउजे बजेट र नीति तथा कार्यक्रममा केही नयाँ र कसरी कार्यान्वयन हुनसक्ने भन्ने तरिकाबाट योजनाहरु लैजाने भन्नेबारेमा सोचेको पनि छु । त्यही अनुसारको ल्याउने भन्ने सोचाई पनि थियो । तर बीचमा यि राजनीतिक घटनाक्रमले अब फेरि त्यही परिस्थितिमा पुगिन्छ की पुगिँदैन भन्ने छ । गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक मैले काम गरेको छु भन्ने मलाई लाग्छ । सुशासनको प्रत्याभुति दिने कुरामा पनि कसैसँग तुलना त गर्न चाहन्न, तर गण्डकी प्रदेश पहिलो नम्बरमै छ । जति दिन बसेर काम गरेँ, आत्मसन्तुष्टि भएर काम गरेँ । गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ । तर के निर्णय गरेको छ भने उहाँहरुले २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिन । ठूलो दल भन्दा पहिलै मेरो काम शुरु हुन्छ । आजबाट सरकार बन्ने प्रक्रिया शुरु हुन्छ । सरकार बनाउने फेरि पहल हुनेछ । राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पु¥याउन सक्दैन ।’

 

उहाँले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पु¥याउन नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)