शुक्रबार, बैशाख २१, २०८१

इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २२, २०८०
  • 35
    SHARES

काठमाडौं । १५ बैशाखमा हुनलागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

उपनिर्वाचनको लागि माओवादीले धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेपनि शीर्ष तहमा एमालेलाई सहयोग गर्ने सहमति बनेको हो ।

धीरेन्द्रले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । उनले भने, ‘दुई अध्यक्ष विच हिजो सहमति भएअनुसार केन्द्रबाट निर्देशन आएको छ । अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं ।’

इलाम–२ मा एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ उठ्ने भएका छन् । यस्तै, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् । नेपाली कांग्रेसले भने हाल उम्मेदवारको टुङ्गो लगाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }