मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘लोभी नजर नलाउ’ भन्दै आइन् बबिना भट्टराई


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २४, २०८०
  • 149
    SHARES

काठमाडौ : जीवनमा भेटिने सबै केटी राम्रा हुदैनन् राम्रा भेटिए पनि आफ्ना हुदैनन् ..गायक बैकुण्ठ प्रधानले भने फूल जस्तै चिटिक्क परेकी केटी भेटेका छन्, पुरुष मन न हो फूल जस्ती चिटिक्क परेकी केटी भेट्ने वित्तिकै उनले लोभी नजर लगाउँछन् । केटी पनि बाठी छिन् झिल्केले लोभी नजर लगाएको पत्तो पाउँछिन् । केटीको स्वभाव केटाको भन्दा फरक हुन्छ, उनीहरु झुलुक्क देख्ने वित्तिकै कसैलाई पनि विश्वास गर्दैनन् झन् पिरती लाउने कुरा, माया बसाउने कुरामा त केटी अलि गम्भीर हुने नै भइन्, झिल्के प्रति उनको मनमा के भाव छ उनी खोल्दिनन्,  भेट हुने वित्तिकै लोभी नजर लगाउन उनी झिल्केलाई सुझाव दिन्छिन् । नजरले मन पराइसके पछि केटाको मन किन रोकिन्थ्यो र ? झिल्के अझै उनको दिलको माली बन्ने अनि उनी प्रति उर्लेको प्रेमको फूल चुमिरहने चाह व्यक्त गर्छन् ।  रस लगे पछि फूल छोड्ने केटाको बानी बुझेकी केटी मन नबुझि दिल खोल्न मान्दिनन्, मुटु भरि उनको माया साचेका झिल्के उनकै मायाको शितल छाँयाको आशा राखिरहन्छन् । केटीले कुनै भरपर्दो जवाफ दिन्नन्, आश गर्नु भर नपर्नु, पिरतीको छुरा लाग्न सक्ने भाव दर्शाउदै उनी तर्किन्छिन्, गीत सकिन्छ ..झिल्केले भेटेका फूल जस्ती चिटिक्क परेकी केटी फकाउन सके सकेनन् ..झिल्केको प्रेमलाई फूल जस्तै चिटिक्क परेकी केटीले स्वीकार गरिन् गरिनन् …गीतले यो पाटो अधुरै छोडेको छ । दर्शक, श्रोतालाई अर्को भागको प्रतीक्षा गर्न बाध्य बनाइएको छ ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको  गीत एउटी केटी पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराई र बैकुण्ठ प्रधानको स्वरमा सार्वजनिक भएको छ भने एउटी केटी गीतमा शब्द तथा संगीत भानु ओलीको रहेको छ । उक्त गीतको एरेन्ज राजिव शाहले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्की र अनिल अधिकारीले रेकर्डिङ गरेका हुन् ।  गीतको भिडियोमा निकिशा कठायत संग गायक बैकुण्ठ प्रधान आफैले अभिनय गरेका छन् । भिडियोमा निकिशा र बैकुण्ठको अभिनय जीवन्त रहेको छ । रामजी थापा रोचक को निर्देशन र प्रितम कुमार धमलाको कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर सुवास लिम्वुले गरेका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत

केटा : एउटी केटी भेटे मैले फूल जस्तै चिटिक्कै
केटी : लोभी नजर नलाउ झिल्के भेट हुने वित्तिकै
केटा : तिम्रो दिलको बगैचामा माली बन्न पाउ
नओइलिने प्रेमको फूल चुमि रहन पाउ
केटी :  रस लगे भमराको फूल छोड्ने बानी
मनको कुरा खोल्दिन म तिम्रो दिल नछामी
केटा :  आँखा भरि तिम्रै झल्को मुटु भरि माया
शितल बस्न पाइरहु सर्धैै तिम्रै छाया
केटी : आशा गर्नु भर नपर्नु भोली हुने कुरा
लाग्न सक्छ जीवनमा पिरतीको छुरा  ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }