बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य बीमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २४, २०८०
  • 259
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’

उहाँले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बीमा अगाडि सारेको बताउनुभयो । तर स्वास्थ्य बीमाको अवधारणा नै बुझाउन नसकिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरुले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बीमा अगाडि सारेको हो । तर स्वास्थ्य बीमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’

परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनसिल बन्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य शिविरको अगुवाइ गरेका कांग्रेस युवा नेता सुशिल भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)