बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई काग्रेसको पत्र


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २५, २०८०
  • 212
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ।

कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टराई असंवैधानिक तरिकाबाट नेकपा ९एमाले० संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न पत्र पठाउनु भएको छ ।

आइतबार नै एमाले र माओवादीसहितले नयाँ मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस गरेका थिए। उक्त दाबीमा सांसदका पुरानो हस्ताक्षर प्रयोग गरिएको र सभामुखसमेतलाई गणना गरिएकोले यो असंवैधानिक भएको दाबी कांग्रेसले गरेको छ ।
पत्रमा भनिएको छ-

‘म आफुलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ। प्रदेश सभाका प्रत्येक संदस्यहरुको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयमस् केही प्रदेश सभा सदस्यहरुले भनेको अवस्था छ। समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)