शनिबार, बैशाख २२, २०८१

दक्षिण पश्चिम पाकिस्तानमा बिष्फोटः २ जनाको मृत्यु, १० घाइते


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २७, २०८०
  • 46
    SHARES

 

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । प्रान्तको खुजदार जिल्लामा मोटरसाइकलमा राखिएको इम्प्रोभाइज्ड बिस्फोटक पदार्थ बिस्फोट भएको प्रान्तका प्रहरीहरुले बताएका छन् ।

 

आक्रमणमा प्रहरीहरू भने सकुशल भए पनि घटनास्थल नजिकै इस्लामिक पर्व इद अल–फित्रको लागि किनमेल गरिरहेका सर्वसाधारणको मृत्यु र घाइते भएका थिए । घाइते महिला र बालबालिका सहित घाइतेहरुलाई अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }