बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कप खेल्ने नेपाली टिम घोषणा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २७, २०८०
  • 34
    SHARES

काठमाडौँ । ओमानमा अप्रिल १२ (चैत ३० देखि) हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुलशन, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।

कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

टी–२० फर्म्याटमा हुने कपमा नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }